२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा सात रेक्टरको भूकम्प

मंगलवार , पौष २३, २०८१

काठमाडौँ,पुस।  काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा धक्का महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा भएको  अनुमान गरिएको छ ।

आज बिहान ६ः५० बजे भूकम्पको धक्का महसुस गरिएको थियो । प्रारम्भिक अनुमानअनुसार सो क्षेत्रमा सात रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार