२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राज्य व्यवस्था समिति बैठक

महामन्त्री थापाले भने : भ्रष्टाचार- ' प्रतिस्पर्धी खुइल्याउने हतियार बन्यो'

' भ्रष्टाचार काण्डको कुन फाइल खोल्ने हो संसदीय समितिमा छलफल गरौं '

बिहिवार , पौष १८, २०८१

 

काठमाडौँ, पुस । कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार आरोप लगाउने र प्रतिस्पर्धीलाई खुइल्याउने हतियार बनेको बताएका छन् ।

उनले भ्रष्टाचारका कुन - कुन काण्डको फाइल खोल्ने हो भन्ने विषयमा संसदीय समितिमा खुला छलफल हुनुपर्ने प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा महामन्त्री थापाले आरोपित गर्नका लागि मात्रै भ्रष्टाचारका विषयमा बोल्न नहुने बताए ।

भ्रष्टाचार आरोपित गर्न, खुइल्याउन प्रयोग गर्ने हतियार भयो,' उनले भने, 'अर्को पूर्वप्रधानमन्त्री पनि बोलाऔँ, भ्रष्टाचारका कुन-कुन काण्डको फाइल खोल्ने यहि समितिमा छलफल गरौँ ।'

गिरिबन्धु जग्गा, शेरा दरबार, क्यान्टोनमेन्ट कुन काण्डको फाइल खोल्ने हो तयार हुनुपर्ने र त्यसबारे संसदीय समितिमा छलफल गर्नुपर्ने थापाको भनाइ थियो ।

'सरकारमा गएपछि तेरो यो फाइल खोलिदियौँ भन्ने भयो, त्यसैले संसदीय समितिमा नै छलफल गरौं,' थापाले भने । संसदमा विधेयक पेस गर्दा को सत्ता पक्ष कि प्रतिपक्ष भन्ने कुरा बिर्सिने अवस्था रहेको पनि थापाको भनाइ थियो ।

भ्रष्टाचार छानबिन निश्चित समयभित्र गरिसक्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समय दिनुपर्ने थापाको भनाइ थियो ।

कानुन निर्माण नै गरेर पूर्वप्रधानमन्त्रीहरूदेखि सार्वजनिक ओहदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने थापाको भनाइ थियो । कानुन नै बनाऔँ, पूर्वप्रधानमन्त्रीदेखि अहिलेका सबै सार्वजनिक ओहदाका व्यक्तिमाथि छानबिन गरौं,' थापाले भने ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार