२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

हुम्लामा हिमपात  : ' आवत जावतमा समस्या, जनजीवन प्रभावित '

उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ

मंगलवार , पौष ९, २०८१

 

सिमकोट (हुम्ला), पुस । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो ।

 प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिएका छन । 

यहाँ दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । 

चिसोका साथै हिमपात हुँदा आवत जावतमा समेत समस्या बनाएको उनले बताए । 

जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । 

सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा  पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ ।

 हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेकबा छन । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार