२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काठमाडौँमा  चिसो बढ्यो : न्यूनतम तापक्रम २ डिग्रीमा झर्यो

शनिवार , मंसिर २९, २०८१

 

काठमाडौँ,  मङ्सिर ।  काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ ।

यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री  थियो । महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७,२ डिग्रीमा झरेको छ ।

 

तराईमा हुस्सु र कुहिरो

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको विभागले जानकारी दिएको छ ।

दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

 राति देशभर मौसम मुख्यतया सफा रहने आज बिहान जारी बुलेटिनमा जनाइएको छ 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार