२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल - चीनबीच नौँबुदे समझदारी  : "  के -के मा भए त हस्ताक्षर ? "

मंगलवार , मंसिर १८, २०८१

 

काठमाडौँ, मंसिर । नेपाल र चीनबीच मंगलबार चीनको बेइजिङमा नौ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गत सोमबार बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  

चारदिने चीन भ्रमणमा क्रममा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको बेइजिङबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

'नेपाल र चीनबीचमा आज ९ वटा समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ' उनले भने । खासगरी द्विपक्षीय वार्ता सम्पन्न भइसकेपछि नेपाल र चीन बीचमा ९ वटा महत्त्वपूर्ण सहमति तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ, चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भने ।

उनका अनुसार टोखा - छहरे सुरुङ मार्गसम्बन्धी पत्रको आदानप्रदान, नेपाल- चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, ९ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, थर्मली प्रोसेस बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकल रहेको छ ।

साथै विकास योजनासम्बन्धी समझदारीपत्र, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र तथा नेपाल टेलिभिजन र चाइना मिडियाबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको उनले जानकारी दिए ।

'प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच आज अत्यन्त सौहार्दपूर्ण रूपमा द्विपक्षीय वार्ता सम्पन्न भयो । यो वार्तामा द्विपक्षीय हितका विविध पक्षमा विस्तृत रूपमा छलफल भएको छू, समझदारी र सम्झौता पछि प्रवक्ता ढकालले बेइजिङमा सञ्चारकर्मीसँग भने ।

द्विपक्षीय बैठकमा खासगरी कनेक्टीभिटी, औद्योगिक विकास, पूर्वाधार विकास, मेडिकल कोअपरेसन, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, विपद् व्यवस्थापन, जनता - जनताबीचको सम्पर्क, गरिबी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।

द्विपक्षीय वार्ताले नेपाल र चीनबीचको सम्बन्धलाई अझ उचाइमा लैजान योगदान पुगेको छू, उनले भने । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको थियो । त्यसपछि दुई देशका सम्बन्धित अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।

समझदारी र सहमतिमा उल्लेख भएका बुदाँहरूः

  • टोखा छहरे सुरुङ मार्गसम्बन्धी समझदारी
  • नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदार
  • नौतले वसन्तपुर दरबार पुननिर्माण सम्बन्न सम्बन्धी प्रमाणपत्र आदान प्रदान
  • प्रशोधित बफ्यालो मिट निर्यात सम्बन्धी प्रोटोकल
  • विकास निर्माणसम्बन्धी समझदारी पत्र
  • आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्न
  • नगद सहयोग सम्बन्धी पत्र आदान प्रदान
  • स्यंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी
  • एनटीभी र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार