२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै

भ्रमण मंसिर २३ देखि २५ गते ( डिसेम्बर८- १०)  सम्म : अमेरिकी विदेश मन्त्रालय

मंगलवार , मंसिर १८, २०८१

 

काठमाडौँ, मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । उनी मंसिर २३ देखि २५ गते ( डिसेम्बर८- १०)  सम्म काठमाडौंमा आउने भएका हुन् ।

उनी दक्षिण एसिया भ्रमणको क्रममा भारत र श्रीलंकाको भ्रमण गरेर नेपाल आउन लागेका हुन् । उनी नेपाल भएर अमेरिका फर्किने तालिका रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा नेपालमा जलवायु संरक्षण, दिगो विकासलगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले युवाहरूसँग साक्षात्कार गर्नेछन् भने केही नेतासँग पनि भेटवार्ता गर्ने छन् । - कान्तीपुरबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार