२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 'समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्नेतर्फ लागेका छौँ ' :  प्रधानमन्त्री ओली

शुक्रवार , मंसिर ७, २०८१

 

काठमाडौँ, मङ्सिर ।  प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताएका छन ।

नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी  निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।

कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लिलता स्वीकार्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको अद्योगतिलाई माथि लैजान एमाले र नेपाली कांग्रेसबीच सहयात्रा भएको हो भने ।   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार