२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अहिलेको  निर्वाचन प्रणालीले  राजनीतिक भ्रष्टाचार बढाउँछ :  अध्यक्ष दाहाल

शुक्रवार , मंसिर ७, २०८१

 

मुग्लिन (चितवन), मङ्सिर । नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएका छन । 
 
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष दाहालले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताए । 

अध्यक्ष दाहालले भने, “अब मिल्नुको विकल्प छैन, विभाजनको  शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन ।” 

देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उनको भनाइ थियो । 

अध्यक्ष दाहालले भने, “हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।”

अहिलेको  निर्वाचन प्रणालीले  राजनीतिक भ्रष्टाचार बढाउने उनको भनाइ थियो । 

कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनता सामु प्रष्ट पार्न अध्यक्ष दाहालले निर्देशन दिए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार