२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पेट्रोलियम पदार्थको अन्वेषण   : "  ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो "

बिहिवार , कार्तिक २९, २०८१

 

दैलेख,  कात्तिक ।  जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा  पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ ।

चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए ।  

चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछि मात्र पेट्रोलियम पदार्थ भए नभएको पत्ता लाग्ने छ । 

चीन सरकारको रु दुई  अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् । 

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनास्थल आएर पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिएका छन । रासस 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार