२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

विश्व सहरी फोरम

१२औँ अन्तर्राष्ट्रिय सम्मेलन कायरोमा  : ' दक्षिण एशियाबाट चन्द्रागिरि नपा सहभागी '

सोमवार , कार्तिक १९, २०८१

 

काठमाडौँ,  कात्तिक  ।  विश्व  सहरी  फोरमको १२औँ  अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरि नगरपालिकाले  विशेष प्रस्तुति गर्ने भएको छ । 

संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमद्वारा यही कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने सो सम्मेलनमा नगरपालिकाले पहिलो पटक तयार पारेको  ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन (भिएलआर)’ प्रस्तुत गर्न लागेको हो । 

विश्वका एकसय ५० भन्दा बढी देशको सहभागिता हुने सो अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एसियाली देशका सहरबाट ( स्थानीय पालिका ) चन्द्रागिरि नगरपालिकाले भाग लिने  लागेको हो । 

विश्वका १५० भन्दा बढी देशको सहभागिता हुने सो अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एसियाली देशका सहरबाट ( स्थानीय पालिका ) चन्द्रागिरि नगरपालिकाले भाग लिने  लागेको हो । 

दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरिले ‘भिएलआर’ प्रतिवेदन तयार गरेको थियो । सम्मेलनमा भाग लिन चन्द्रागिरि नगरपालिकारेका छन । 

उनले सम्मेलनमा नगरपालिकाका तर्फबाट भिएलआर प्रतिवेदन प्रस्तुत गर्नुका साथै नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा प्रस्तुति एवं सम्बोधन समेत गर्नेछन ।  

सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न र यसलाई स्थानीयकरण गर्न नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन तयार पारेको थियो ।  

प्रमुख गिरीले भने, “दिगो विकास लक्ष्यमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहर जस्ता लक्ष्यलाई स्थानीयकरण गर्न नगरपालिकाले अवलम्बन गरेका असल अभ्यासलाई प्रतिवेदनमा समावेश गरिएका छन् । 

यही प्रतिवेदनका बारेमा मैले अन्तराष्ट्रिय समुदायमा जानकारी गराउँदछु । यो नगरपालिका एवं मेरो लागि ऐतिहासिक अवसर हो । ”

उनले नगरपालिकालाई थप आवश्यक सहयोग जुटाउन विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनम महत्वपूर्ण हुने विश्वास समेत गरे ।  

दिगो विकास लक्ष्यका विभिन्न विषयगत क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरलगायत क्षेत्रलाई समावेश गर्दै नगरपालिकाले एक वर्षको अथक प्रयासबाट सो प्रतिवेदन बनाएको हो ।  

ती क्षेत्रलाई  मुख्य आधार एवं स्थानीयकरण गर्दै  नगरपालिकाले आफ्ना योजनामा समावेश एवं कार्यान्वयनमा ल्याएको विषयलाई प्रतिवेदनमा समावेश गरिएका छन् ।

चन्द्रागिरि यस्तो प्रतिवेदन प्रस्तुत गर्ने दोस्रो नगरपालिका हुनेछ । धुलिखेल नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन प्रस्तुत गरिसकेको छ । 

सहरीकरणसँग सम्बन्धित तथ्याङ्क व्यवस्थापनलाई दिगो विकास लक्ष्यको मापनसँग जोड्न चन्द्रागिरिले उच्च प्राथमिकतामा राखेको छ ।
 
यसका लागि नगरपालिकाले दातृ निकायका सहकार्यमा ‘कोभिड–१९ पछिको आर्थिक–सामाजिक पुनरुत्थान र स्थानीय पहलमार्फत दिगो विकास लक्ष्य कार्यान्वयन परियोजना’ पनि सञ्चालन गरिरहेका छ । 

सहरी तथा ग्रामीण क्षेत्रको श्रेणीगत वर्गीकरण र दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्याङ्कन एकापसमा अन्तरसम्बन्धित हुने बताइएको छ । 

विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा विशेष गरेर सहरीकरणका लागि मुख्य चुनौती बनिरहेका खानेपानी, सरसफाइ र सहरी पूर्वात्रधारको व्यवस्थापनको विषयमा सहभागी देशका बीचमा छलफल हुने जनाइएको छ । 

साथै बस्ती विकासका क्रममा भोगका समस्या, जलवायु परिवर्तनका कारण देखिएका असरका बारेमा अनुभव आदान प्रदान हुने छ । 

चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भने, “सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने ध्येयलाई पूरा गर्न ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ प्रतिवेदनले सहयोग पुर्याउँछ । दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्दै समुन्नत नगर बनाउने हाम्रो प्रमुख ध्येय हो ।

यसैमा हाम्रा समग्र नीति, योजना तथा कार्यक्रम केन्द्रित छन् । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पाउनु नगरपालिकाका लागि अवसर मिलेको छ । ”

उनले नगरपालिकाले भौतिक पूर्वाधारका साथसाथमा विशेष गरेर शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहर जस्ता क्षेत्रमा नयाँ ढङ्गबाट काम गरिरहेका जानकारी दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार