२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानमन्त्री ओली हटाउने अभियानमा प्रतिक्रियावादी :  सञ्चारमन्त्री गुरुङ

बिहिवार , कार्तिक १५, २०८१

 

काठमाडौँ, कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी-विदेशी प्रतिक्रियावादीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको टिप्पणी गरेका छन् ।

देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति भएपनि ओलीलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको उनको भनाइ थियो ।

बिहीबार काठमाडौंमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै उनले ओलीलाई एक्ल्याउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न पनि एमाले, नेता कार्यकर्तालाई सचेत गराए । 

उनले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने बताए ।

एमाले उपमहासचिव समेत रहेका सञ्चामन्त्री गुरुङले प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्र हुँदा पनि पार्टी पंक्ति त्यसको पक्षमा नउभिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

उनले भने, ‘नयाँ  पार्टीहरुले त्यही भाष्य बनाएका छन् । देशी, विदेशीहरुले त्यही भाष्य बनाएका छन् । हामीलाई कसरी एक्लो पारौँ ? भनेका छन् । 

हामो अध्यक्षलाई कसरी  एक्ल्याउने भनेका छन ? प्रधानमन्त्रीबाट हटाउने भन्ने अभियानमा छन् । त्यसमा हाम्रा शतर्कता खै ? यो मुलुकका लागि केहीन केही योगदान गरिएको छ । 

निःस्वार्थ रुपमा देशका लागि काम गरिएको छ । त्यो व्यक्ति केपी ओली नै हो । तर उनी जहाँ जाँदा पनि किन नारा लागि रहेको छ ? त्यसकारण त्यसकारण हामीले किन त्यसको उत्तर दिन सकिरहेका छैनौँ ? यति ठूलो षड्यन्त्र छ, त्यो षडयन्त्रको विरुद्धमा बोल्ने कोही छैन ।'

मन्त्री गुरुङले सरकारले देश र जनताको हितमा धेरै काम गरेको दाबी गरे ।  सरकारले आफ्ना सय दिनको कार्यकालमा मुलुक र जनताको अहितमा एउटा पनि काम नगरेको उनले दाबी गरे ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार