२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

' प्रभावितलाई राहत र पुनःस्थापनामा सरकार सक्रिय '  :   प्रधानमन्त्री ओली

आइतवार , कार्तिक ४, २०८१

 

काठमाडौँ, कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत तथा पुनःस्थापना दिने कर्तव्य पूरा गर्न सरकार ढृढ र सक्रिय रहेको बताएका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिलाई धन्यवाद दिए । 

प्रधानमन्त्री ओलीले जाजरकोट केन्द्रबिन्दु भई गत वर्ष गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिइएको र मनसुनजन्य विपद्बाट प्रभावितलाई छिटोछरितो रुपमा राहत वितरण गरिने बताए ।

प्रधानमन्त्री ओलीले विपद्लगत्तै सुरक्षा निकायसहित सबै अंगले प्रभावकारी काम गरेको दाबी गरेका थिए ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल आयल निगमबाट तीन करोड, युनिलिभर कम्पनीबाट ३० लाख (यसअघि २० लाख दिइसकेको), माछापुछ्रे बैंकबाट २५ लाख र पूर्वराष्ट्रसेवक कर्मचारी संगठनबाट एक लाख हस्तान्तरण गरिएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार