२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय 

टीआरसी सम्बन्धी आयोग  : ' पदाधिकारी सिफारिस समिति पुनर्गठन '

आइतवार , कार्तिक ४, २०८१

 

काठमाडौँ, कात्तिक । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी आयोगहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस समिति पुनर्गठन गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिलाई पुनर्गठन गरी समितिलाई पूर्णता दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका शीर्ष नेतासँगको समझदारी बमोजिम संक्रमणकालीन न्यायसम्बन्धी मुद्दालाई टुंगोमा पुर्‍याउन ऐन बमोजिम मन्त्रिपरिषद् बैठकले सिफारिस समिति पुनर्गठन गरिएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार मिश्र नेतृत्वको सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य रहनेछन् ।

सरकारले मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानूनविद्, विधि विज्ञानवेत्ता, द्वन्द्वविद्, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संलग्न व्यक्तिहरूमध्येबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, डा.अर्जुनकुमार कार्की र स्टेला तामाङलाई सिफारिस समितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार