काठमाडौँ, कात्तिक । बिपक्षी दलको आज बसेको बैठकमा अध्यक्ष दाहालले प्रतिपक्षी दलहरूको बैठकमा रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न लागिएकोबारे आफूले सूचना पाएको बताए।
समसामयिक विषयमा छलफल गर्न भन्दै बैठकमा प्रतिपक्षी दलका नेतासमेत रहेका दाहालले देशको बर्तमान परिस्थितिबारे बिश्लेषण गर्दै यस्तो बताएका हुन ।
उनले बैठकमा भने, तीन दलको बिहीबारको बैठकको कुराकानीबाट त्यस्तो आशय पाएको उल्लेख गरेको बैठकमा सहभागी एक नेताले जनाए । बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल, लोसपा र आजपाका नेताहरू सहभागी थिए ।
लोसपा चाहिँ सत्तारुढ दल हो । बैठकमा रास्वपा सभापति लामिछाने, उपसभापतिद्वय स्वर्णीम वाग्ले र डोलप्रसाद अर्याल, सांसदहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र शिशिर खनाल सहभागी थिए ।