२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

' जनतालाई आशाको सन्देश प्रवाह गर्नुस् '  : महासचिव पोखरेल

सोमवार , आश्विन २८, २०८१

 

तुलसिपुर, असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेको बताएका छन । 

गृह वडामा आयोजित अगुवा कार्यकर्ता भेलामा महासचिव पोखरेलले जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्तालाई निर्देशन दिए । 

उनले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएको भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन आग्रह गरे । 

महासचिव पोख्रेलले केपि शर्मा वली नेतृत्व सरकारले विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने, बदल्ने, पशुपालन,खेतीपाति नयाँपन, पूर्वाधार निर्माण ,रोजगार बढाउन सिर्जना गर्ने काम अघि बढाएको बताए । 

उनले फरक प्रसङ्गमा घोराही तुलसीपुर सडक खण्डमा रहेका  खोलामा फोरलेनकै पुल निर्माण सुरु भएको र फोरलेन सडकको पुन ठेक्का प्रक्रिया अघि बढेको बताए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार