काठमाडौँ, असोज । बाढीपहिरो पीडितका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
कांग्रेस सरकारले खडा गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् बाढीपहिरो र डुबान पीडितहरूका लागि ५० लाख रुपैयाँ सहयोग गरेको हो ।
आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने गरी ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
कांग्रेसले विपद्पछिको उद्धार र राहतमा सरकारको पर्याप्त ध्यान नपुगेको स्मरण गराउँदै थप क्रियाशील भएर बाढीपहिरो पीडितहरूको राहत र पुनस्स्थापनाका लागि काम गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।