काठमाडौँ, असोज । संसदीय समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरुको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मतसम्भार गर्न सरकारलाई निर्देशन दिएको हो ।
जुदा सार्वजनिक खरिद कानुनको व्यवस्थाले खर्च गर्न नसक्ने भएकोले विशिष्ट अवस्थालाई मध्यनजर गरी विपद् क्षेत्रहरुमा फास्ट ट्रयाकमार्फत सडक पुनःनिर्माण, बेलिब्रिज जडान लगायतका कामहरुलाई तीब्रता दिन सरकारलाई निर्देशन दिने निर्णय समितिको छ ।
सचिव भण्डारीका अनुसार बाढी, पहिरोबाट भएको क्षतिपछि सरकारले गर्नुपर्ने उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, राहत, पुर्नस्थापना र भौतिक पूर्वाधारहरुको पुनःर्निमाणको कार्य तीव्र रुपमा अगाडि बढाउन र प्राकृतिक विपत्तिबाट धेरै क्षति हुन नदिन पूर्व तयारीका काम गर्न, बीपी राजमार्गमा फसेका यातायात मजदुरहरु एवम् सर्वसाधारणहरुको तत्काल उद्धार गर्न, मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई सरकारद्वारा प्रदान गर्ने राहत र क्षतिपूर्ति दशैँ अगाडि नै प्रदान गर्न समेत आग्रह गरेको छ ।
त्यस्तै, बाढी पहिरोबाट पीडित परिरवारको बासस्थानका लागि ७ दिनभित्र वैकल्पिक व्यवस्था मिलाउन र घाइतेको निःशुल्क र शिघ्र उपचार गर्न समेत सरकारलाई निर्देशन दिएको छ