२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 बाढीबाट अबरुद्ध बिपी राजमार्ग

 भौतिक मन्त्रालयले भन्यो  : " दसैँ अगाडि  सञ्चालन हुन कठिन "

' खुलाउने प्रयास भने जारी राखिने ' : सचिव शर्मा

बिहिवार , आश्विन १७, २०८१

 

काठमाडौँ, असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बिपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बिपी राजमार्ग दसैँ अगाडि सञ्चालनमा नआउने जानकारी दिएका हुन । 

उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दसैँ अगाडि बिपी राजमार्ग खुल्ने सम्भावना नरहेको उल्लेख गरे । 

खुलाउने प्रयास भने जारी राखिने उनको भनाइ छ। खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने र अन्य सवारी साधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उनले स्पष्ट पारे। 

उनले भने, ‘बिपी राजमार्गको अवस्था देख्दाखेरी दसैँ अगाडि त्यो खुल्ने सम्भावना छैन। हामी त्यो निष्कर्षमा पुग्यौँ। काम निरन्तर गर्छौ किनभने त्यहाँ गाडीहरू रहेका छन्। 

गाडीका स्टाफ गाडी कुरेर बस्नुभएको छ भनेपछि सकेसम्म हामी प्रयास गर्दै दसैँ अगाडि अड्किएका गाडीहरू ल्याउने प्रयास गर्छौ। 

त्यो उद्धार मात्रै हुन्छ। सार्वजनिक गाडी छोड्ने गरी नै गर्न सकिने अवस्था हामी देख्दैनौँ। धेरै ठाउँमा बिग्रिएको छ।’’ 

असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरूका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी दिइएको छ। 

 क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनः स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उहाँको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार