२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अविरल वर्षाले बिपद् निम्तियो

सरकारको निर्णय  : '  बाढी र पहिराेमा परी घाइतेको निःशुल्क उपचार गर्नु '

शनिवार , आश्विन १२, २०८१

काठमाडौँ, असोज । अविरल वर्षका कारण आएको बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई निशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई निशुल्क उपचार गर्ने निर्णय भएको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाहरूलाई निशुल्क उपचार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, अवरुद्ध सडक तत्काल खोल्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल लिने निर्णय गरेको छ ।

खानेपानी, विद्युतलगायतका सेवा सुचारु गर्नेबारे पनि सम्नब्धित मन्त्रालयले समन्वय गरी काम थाल्ने सरकारले निर्णय गरेको छ ।

समस्यामा परेका जनतालाई सरकारले यथासम्भव उद्धार र राहतको व्यवस्था गर्ने प्रवक्ता गुरुङले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार