२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल प्रहरी भन्छ 

काठमाडौं उपत्यकामा बाढी र डुबान  : " २३ को मृत्यु, ९१८ को उद्धार "

शनिवार , आश्विन १२, २०८१


काठमाडौँ, असोज । अविरल वर्षका कारण बिहीबार रातिदेखि आएको बाढी, पहिरो र डुबानका कारण २३ जनाको मृत्यु भएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शनिबार १२ बजेसम्म २३ जनाको मृत्यु भएको छ । ११ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अरू केही बेपत्ता छन् ।

प्रहरीका अनुसार काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ५ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको छ ।

बाढीबाट प्रभावित ९१८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

बाढी र डुबानबाट प्रभावितलाई उद्धार गर्न ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको उपत्यका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार