२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल प्रहरी 

चाडपर्व लक्षित सुरक्षा  : ' खसी बजारदेखि टिकट काउन्टरसम्म गस्ती'

शुक्रवार , आश्विन ११, २०८१

 

काठमाडौँ, असोज।  नेपाल प्रहरीले नेपालीहरुको महान चाड दशैँ तथा तिहार लक्षित लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी परिसर, काठमाडौँले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी चाडपर्व लक्षित 

प्रहरीले भनेको छ, चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरु, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थान, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थान, व्यक्तिहरुको खाली रहेको घर, सरकारी कार्यालय र भीडभाड हुने बजारहरु रहेका छन । 

त्यस्तै,  चाडपर्वको समयमा एटिएम बुथ, खसी बजार, गरगहना पसल, धार्मिक स्थल, शक्तिपीठ, पूजास्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरुमा पनि सुरक्षा दिनुपर्ने उल्लेख गरेको छ । 

 त्यस्ता स्थानहरुमा सुरक्षाकर्मीको उपस्थिति रहने जनाइएको छ ।

पत्रकार भेटघाटमा कार्यक्रममा  प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानमा सुरक्षार्थ प्रहरी तयार रहेको बताए । उनले प्रहरीले व्यक्ति तथा सम्पत्तिहरुको सुरक्षा गर्ने बताए । 

यसैगरी, धार्मिक मठमन्दिर तथा जात्राहरुको सुरक्षा गर्ने बताउँदै उनले बढी भीडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुमा प्रहरी गस्ती गरी सुरक्षा प्रदान गर्ने जानकारी दिए ।

यसैगरी, सहज तथा उचित मूल्यमा टिकटको व्यवस्थापनमा प्रहरी सचेत रहेको र पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालनमा सहयोग गर्ने उनको भनाइ छ ।

प्रहरीले सरकारी सम्पत्ति तोडफोड हुनसक्ने र भीडभाड बजारमा पकेटमारी हुन सक्ने भन्दै सुरक्षाका लागि प्रहरीको व्यवस्था मिलाइएको जानकारी दिइएको छ । 

एटिएम बुथ क्षेत्रतर्फ गस्ती निगरानी गर्ने, गरगहना पसलको सुरक्षामा, शक्तिपीठ, मन्दिर तथा पूजास्थलमा पनि गस्ती हुने उनले जानकारी दिए । 

प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले शक्तिपीठहरुमा विशिष्ट व्यक्तिहरुको सुरक्षाको व्यवस्था मिलाइएको बताए । त्यसैगरी खसी बजारमा पकेटमारी, खसी चोरी, झैझगडा, ठगी, विवाद हुनसक्ने भन्दै सो स्थानहरुमा पनि प्रहरी परिचालन गरिने उनले बताए । 

टिकट काउन्टरहरुले महँगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने उनले उल्लेख गरेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार