२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

' पर्यटन क्षेत्र  समृद्ध अर्थतन्त्रको दह्रिलो पाटो ' :  कार्यवाहक प्रधानमन्त्री सिंह

'सरकारले  सहज तरिकाले व्यवसाय गर्नसक्ने अवस्था बनाउछ '

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौँ, असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सवल बनाउन पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन । 

४५औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । 

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले पुर्‍याएको योगदानको प्रशंसा  गर्दै  सिंहले भने, तर सन्तोषजनक अवस्था भने  छैन । 
आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताए ।

‘‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ । कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ ? त्यसतर्फ लाग्नुपर्ने आवश्यकता छ ।,’’ 

कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘‘पर्यटन क्षेत्रमा काम गर्दा  देखापरेका अप्ठ्याराको पहिचान गरी सरकारले  त्यस्ता अप्ठयारा हटाई  सहज तरिकाले व्यवसाय गर्नसक्ने अवस्था सरकारले बनाउछ ।’’

उनले नेपाल साहसिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको  पनि बताए । 

उनले थपे,  यसमा के गर्दा राम्रो हुन्छ त्यसतर्फ लागौ । पर्यटन क्षेत्रमा सक्रिय निजी क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्नसक्ने अवस्था बनाउन सरकारले ध्यान दिने  उनको भनाई थियो । 

शहरी विकास मन्त्रीसमेत रहेका कार्यवाहक प्रधानमन्त्री सिंहले देशमा परिवारसँगै बसेर आर्थिक समृदि र  जीवन उकास्ने वातावरण बनाउन सरकार लागिरहेको बताए ।  

बढ्दो अस्थिरताले देशमा समस्या देखिन थालेको बताउन्दै उनले भने, राजनीतिक स्थायित्वका लागि संसदका दुई ठुला दल मिलेर सरकार बनाएको हो।
 
उनले  भने, सरकार  सँधैँ जनताको पक्षमा सशक्त रुपमा अघि बढ्ने  गर्दछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार