२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा माओवादी केन्द्र

अध्यक्ष दाहालले भने : " राष्ट्रिय स्वाधीनतामाथि नै गम्भीर चुनौती उत्पन्न "

बिहिवार , आश्विन १०, २०८१

 

काठमाडौँ, असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी गरेका छन् ।

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको काठमाडौंमा बिहीबार उद्घाटन गर्दै उनले राष्ट्रिय स्वाधीनताको लडाइँ जारी रहेको बताएका हुन् शक्ति राष्ट्रको टकरावका कारण नेपालको भूराजनीति संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै माओवादी राष्ट्रिय स्वाधीनताको पक्षमा उभिइरहेको उनले बताए ।

नेपालको भूराजनीतिक अवस्थितिले गर्दा यसको इपिसेन्टर हुने हो कि ? भन्ने चिन्ता छ,' उनले भने, 'राष्ट्रिय स्वाधिनतामाथि गम्भीर चुनौती खडा भएको छ । यो परिस्थिति विदेशी हस्तक्षेपविरुद्ध बोल्ने माओवादी केन्द्र नै हो । अब फेरि राष्ट्रिय स्वाधीनतताको लडाइँ लड्नुपर्ने छ ।

उनले नयाँ प्रतिबद्धता, आन्दोलनको रुपमा अघि बढ्नुपर्ने अवस्था आएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारविरुद्ध अभियान चालेकाले सरकारबाट बाहिरिनु परेको बताए । प्रतिक्रियावादी शक्तिहरु संविधानको मूल्य मान्यताविपरीत अघि बढ्दैछन् ।

हाम्रो नेतृत्वको सरकारका बेला नेपालको इतिहासमा हाइप्रोफाइल कानुनको घेरामा ल्याएकै हो । हामीले भ्रष्टाचारविरुद्ध अभियान छेडेकै हो, दाहालको दाबी थियो, ' हामीले सामाजिक न्यायका लागि अघि बढेकै हो । नागरिकताविहीन लाखौं युवालाई नागरिकता उपलब्ध गराएको हो । उनले सकारबाट बाहिरिएपछि जनताको समर्थन प्राप्त भएको बताए ।

हामी सुशासन, भ्रष्टाचारविरुद्ध लडेकै कारण हामीलाई प्रतिक्रियावादीहरुले बहुमतको बलमा सरकारबाट हटाएका हुन्,' उनले भने, ' हामी जनताको ताकतमा अघि बढ्नुपर्छ । भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन ।' रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि २३औं राष्ट्रिय सम्मेलन मूल नाराका साथ राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

माओवादी अध्यक्ष दाहालले बिहीबार कीर्तिपुरमा उद्घाटन गरेको क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १० - १४ सम्म काठमाडौंमा हुनेछ । सम्मलेनमा २ हजार ३२३ प्रतिनिधि सहभागी भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार