काठमाडौँ, असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एकतावद्ध हुनु अहिलेको आवश्यकता भएको बताएका छन ।
नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै बुधबार उनले यस्तो बताएका हुन । उनले नेपाल सम्पूर्ण जातजाति र भाषाभाषीको भएकाले सबैलाई मिलाएर लैजानु आजको आवश्यकता भएको बताए ।
उनले सम्पूर्ण जातजाति, आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम सबैलाई एकतावद्ध बनाउनुपर्ने बताए ।
उनले भने, ‘सबै मिलेर एकतावद्ध भएर अघि बढ्नुस्। अब हाम्रो देश सम्पूर्ण जातजाति,आदिवासी जनजाति, दलित, महिलाको हो। थारु, मुस्लिम सबैको देश हो। सबैलाई मिलाएर एक बनाएर लैजानु आजको आवश्यकता हो। ’
उनले कांग्रेसहरु एक भएर अघि बढ्नुपर्ने बताए।