२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अध्यागमन कार्यालय

गृहमन्त्री लेखकले भने  :  अध्यागमनको नकरात्मक टीका टिप्पणी छन,  ‘इमेज’ सुधारौँ '

बुधवार , आश्विन ९, २०८१

 

काठमाडौँ, असोज । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयसम्बन्धी बाहिर नकरात्मक टीका टिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाइ नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधि भए कुनै हालतले स्वीकार्य हुने बताए ।

विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

'अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो,ु उनले भने, ुआउने मान्छेले नेपाल हेर्ने यही हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।'

गृहमन्त्री लेखकले अध्यागमनका सौर्हादपूर्ण, सहिष्णु,नरम र सेवामुखी हुन जरुरी रहेको बताए ।

सो क्रममा अध्यागमका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समयक्रमअनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए । 

अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडी समेत विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार