२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानमन्त्री ओली अमेरिकामा :  ' डीएफसी उप- प्रमुख कार्यकारी अधिकृतसँग भेटवार्ता '

मंगलवार , आश्विन ८, २०८१

 

न्युयोर्क, असोज । प्रधानमन्त्री केपी शर्मा ओली र  अमेरिकी इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कोअपरेसनकी उप–प्रमुख कार्यकारी अधिकृत निशा विश्वालबीच सोमबार भेटवार्ता भएको छ । 

उनीहरूबीच राष्ट्र संघको ७९ औं महासभाको दौरान साइडलाइनमा भेटवार्ता भएको हो । 

उक्त अवसरमा दुई जनाबीच नेपालमा आर्थिक विकासको लागि विविध क्षेत्रहरू तथा ऊर्जा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र प्रविधिको बारेमा छलफल भएको न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपाली नियोगले जनाएको छ ।

त्यस अवसरमा नेपालमा लगानीको विषयमा पनि कुराकानी भएको थियो । उक्त भेटवार्तामा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि साथमा थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार