२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

परराष्ट्रमन्त्री राणा–यूएन उपमहासचिव खरे भेटवार्ता 

परराष्ट्रमन्त्री राणाले छलफलमा भनिन्  : "  यूएनले थप सहजीकरण गर्नुपर्ने "

 सहकार्यमाथि छलफल  

मंगलवार , आश्विन ८, २०८१

 

न्युयोर्क, असोज । परराष्ट्रमन्त्री आरजु राणा देउवा र संयुक्त राष्ट्र संघका उपमहासचिव अतुल खरे बीच सोमबार न्युयोर्कमा भेटवार्ता भएको छ ।

यूएनको ७९औं महासभाको दौरान भएको साइडलाइन भेटवार्तामा शान्ति मिसनको सम्बन्धमा नेपाल र यूएनबीचको सहकार्यमाथि छलफल भएको न्यूयोर्कस्थित यूएनका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।

उपमहासचिव खरे शान्ति मिसनका लागि ‘जनरल अफ अपरेसन सर्पोट’ हुन् । नेपाल अहिले विश्वमा शान्ति सैनिक पठाउने सूचीमा पहिलो नम्बरमा छ । 

साथै, नेपालले यस पटक यूएनमा सैनिक सल्लाहकारको लागि उम्मेद्वारी पनि दिएको छ ।

राणाले उक्त भेटवार्तामा नेपालले यूएनका शान्ति मिसनको लागि लामो समयदेखि योगदान गर्दै आइरहेको र त्यसलाई नै आधार मानेर यूएनले थप सहजीकरण गर्नुपर्ने बताएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार