२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 न्यूयोर्कमा प्रधानमन्त्री ओली  : ' भारतीय समकक्षी मोदीसँग भेटवार्ता '

नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विषयमा छलफल

सोमवार , आश्विन ७, २०८१



काठमाडौँ, असोज । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन  अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ ।

महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताइएको छ ।   

सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो । उक्त अवसरमा भारतका प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने कुराकानी भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार