२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस- एमाले सहकार्य

सभापति देउवाले भने  :  "   मुलुकमा सकारात्मक सन्देश दिएको छ  " 

शनिवार , आश्विन ५, २०८१

 

काठमाडौँ, असोज । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् । 

सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको उनको दाबी छ ।

शनिबार काभ्रेको धुलिखेलमा वीपी कोइरालाको सालिक अनावरण गर्दै सभापति देउवाले सत्ता सहकार्य गरेर दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताए ।

उनले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहिनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले भने, ‘एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुई वटै पार्टी मिल्दाखेरि के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरुलाई । तर प्रतिष्पर्धी पार्टी मिल्दाखेरि देशभरिमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरु खुसी भएका छन् । 

कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरु छन यहाँ । त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ । तर हामीले काम पनि त्यही अनुसार गर्नु पर्‍यो । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्छन् । जनताको मन जित्ने गरी कामहरू गर्नुहोला ।ु

सभापति देउवाले कांग्रेसलाई नम्बर वान पार्टी बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । ुम सबै साथीभाईहरुलाई आग्रह गर्न चाहन्छु कि अहिलेको यो संविधान छ । समावेशी समानुपातिक सिस्टम छ हामीले ल्याएको । यसमा यति धेरै गाह्रो छ । 

कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो छ । तैपनि हामीले यो गाह्रो काम नै गर्नु पर्‍यो । मेहिनत गर्‍यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी हुन्छ भन्ने मलाई विश्वास छ। कांग्रेस कमसेकम जनताले विश्वास गरेको पार्टी हो ।ु

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार