२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संविधान दिवस 

 सरकारले गर्यो सैनिक मञ्च टुँडिखेलमा  विशेष समारोहको आयोजना- ' तस्वीरहरू'

बिहिवार , आश्विन ३, २०८१

 

काठमाडौँ, असोज  । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । 

नेपाल सरकारद्वारा बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गरेको छ। 

उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।  

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गर्नुका साथै उपत्यकाको विभिन्न नगरपालिकाद्वारा झाँकी र्‍याली प्रस्तुत गरिएको थियो । साथै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो। 

संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय  दिवसका रुपमा मनाइन्छ ।

Cover_47.jpg
undefined

 

National_Day_2081__18_.jpg

 

National_Day_2081__13_.jpg
undefined
National_Day_2081__10_.jpg
undefined
National_Day_2081__11_.jpg
undefined

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार