२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संवैधानिक दिवस 

 प्रधानमन्त्री ओलीले भने  : " स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गरौँ "

बिहिवार , आश्विन ३, २०८१

 

काठमाडौँ, असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् ।
 
संविधान दिवसका अवसरमा आज सामाजिक सञ्जालबाट शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले दशकौँ लामो सङ्घर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको  संविधानसभाले संविधान निर्माण गरेको उल्लेख गरे ।
 
“संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको छ । सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई यसले संरक्षण गरेको छ । यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ ।’’, 

सन्देशमा भनिएको छ, “जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन । यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा हाम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ ।’’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार