२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राज्य व्यवस्था समिति बैठक

गृहमन्त्री लेखकले भने  : ' निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट होस् '

बिहिवार , भाद्र २७, २०८१

काठमाडौँ, भदौ । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट हुनुपर्ने बताएका छन् ।  बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने ? जाने हो भने कतिसम्म जाने ? भन्नेकुरामा समिति स्पष्ट हुन जरुरी रहेको बताएका हुन् । उनले अख्तियार निजी क्षेत्रमा जानु हुँदैन भन्नेमा आम सहमति देखिएको बताए ।

सरकारी पैसा निजीमा गएको छ भने हेर्नुपर्ने भन्नेमा पनि सांसदहरु सहमत देखिएको उनको भनाइ छ । उनले भने, 'समितिले गरेको निर्णय सरकारले बोक्छ । समितिले मजाले छलफल गरोस् भन्ने नै मेरो आग्रह हो । पहिला निजी क्षेत्रमा अख्तियार ? भन्ने कुरामा क्लियारिटी भयो भने भाषा लेख्न गाह्रो हुन्न ।'

गृहमन्त्री लेखकले सरकारी पैसा निजीमा गएको भए कस्तो गएको ? ऋण गएको कि, अनुदान गएको हो कि ? जाने प्रक्रियालाई समात्ने हो कि ? सरकारी पैसा कुनै निजी कम्पनीमा सरकारी पैसा गयो भने सरकारी पैसा गएको हेर्न पाउने कि ? समग्र कम्पनीको पैसा हेर्न पाउने भन्नेमा पनि सांसदहरुले विस्तृत छलफल गरी निचोडमा पुग्नुपर्ने बताए ।

उनले भने, 'सरकारी पैसा निजीमा गएको ? जाने प्रक्रियालाई समात्ने हो कि ? सरकारी जुन पैसा गएको छ, त्यो हदसम्म हेर्ने हो कि ? उसको आफ्नै पनि हेर्ने हो कि कुनै निजी कम्पनीमा सरकारी पैसा गयो भने सरकारी पैसा गएको हेर्न पाउने किी ? उसको सबै हेर्न पाउने ? भन्ने लगायतका विषय आइरहेका छन् । यो कुरामा समिति सिद्धान्ततः स्पष्ट होस् । निजीमा प्रवेश गर्दा कति प्रवेश गर्ने भन्नेमा स्पष्ट हुनुपर्छ ।'

समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले निजी क्षेत्र अख्तियारमा प्रवेश गर्न दिने वा नदिने भन्नेबारे संसदीय उपसमितिले निर्णय गरी समितिमा पेस गर्न आग्रह गरे । उपसमितिमा हृदराम थानी, बुद्धिमान तामाङ, रघुजी पन्त, हितराज पाण्डे, अशोक राई, राजेन्द्र पाण्डे, चन्दा कार्की र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार