२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

शीर्ष तीन नेता बालुवाटारमा  

समसामयिक राजनीतिक बिषयमा छलफल :'  संवैधानिक परिषद् बैठक बोलाईने'

बिहिवार , भाद्र २७, २०८१

काठमाडौँ, भदौ । प्रधानमन्त्री निबास बालुवाटारमा आज प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले आफैंले फेसबुकमार्फत जनाएका छन् । आज पूर्वप्रधानमन्त्री देउवाको जन्मदिनसमेत हो ।

भेटमा जन्मदिनको शुभकामना दिने अवसर पनि प्राप्त भएको उल्लेख गर्दै ओलीले लेखेका छन्, 'आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ।' प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो ।

सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !' माओवादी अध्यक्ष दाहालको सचिवालयले पनि समसामयिक राजनीतिक विषय र संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा कुराकानी भएको जनाएको छ । बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगन भएको थियो ।

कान्तीपुरबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार