काठमाडौँ, भदौ । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएका छन् ।
सभामुखको सचिवालयले दिएको जानकारी अनुसार, सभामुख घिमिरेले बुधबार सो विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिसमक्ष पठाएका हुन ।
उक्त विधेयक संघीय संसद्को दुवै सदनबाट यस अघिनै सर्वसम्मत पारित भइसकेको छ ।
अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रुपमा लागू हुनेछ ।