२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मर्स्याङ्दीमा खसेको बस (अपडेट)  : ' १९ जनाको उद्दार, केहीको अवस्था अति गम्भीर'

शुक्रवार , भाद्र ७, २०८१

 

तनहुँ, भदौ । पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । हालसम्मको उद्धार गरिएको खबर प्राप्त भएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक शिव थापाका अनुसार बसबाट हालसम्म १९ यात्रुको उद्धार गरिएको छ ।

उनीहरु सबै घाइते छन् । घाइतेमध्ये केही अति गम्भीर छन् । उनीहरुलाई अस्पताल लैजाने प्रयास भइरहेको उनले बताए ।

भारतीय नम्बर प्लेटको युपी ५३ एफटी ७६२३ नम्बरको बस केही समय अघि तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं। २ ऐनापहारास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा बस खसेको थियो ।

बसमा ४० जना यात्रु रहेको दुर्घटनाअघि इलाका प्रहरी कार्यालयमा टिपाइएको इन्स्पेक्टर थापाले बताए ।
हाम्रा कुराबाट

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार