२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

परराष्ट्रमन्त्री राणा   :  " आगामी आइतबार भारत भ्रमणमा जाँदै  "

बिहिवार , श्रावण ३१, २०८१

 


काठमाडौँ, साउन । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार भारत भ्रमणमा जाने भएकी छन् । परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो । 

राणालाई यही साता नेपाल भ्रमण गरेका भारतीय विदेश सचिव विक्रम मिस्रीले भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा दिएका थिए ।

परराष्ट्र स्रोतका अनुसार राणाको भ्रमण भदौ २ देखि ५ गतेसम्म हुनेछ । उक्त अवसरमा राणाले भारतका विदेशमन्त्री एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने छिन् ।

मन्त्रालयले जयशंकरसँगको भेटवार्ताको लागि गृहकार्य थालिसकेको छ । भारत भ्रमणकै बेलामा राणाले आफ्नो स्वास्थ्य उपचार पनि गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार