२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संसदीय सुनुवाइ समिति 

सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित  : ' आज शपथ ग्रहण गर्दै'

बिहिवार , श्रावण ३१, २०८१


काठमाडौँ, साउन  । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन । 

सङ्घीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित  भएकी हुन ।  

बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका छन ।  

ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहेका नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे ।  

आज साँझ सभामुख देवराज घिमिरेबाट नवनिर्वाचित न्यौपानेले शपथ ग्रहण गर्दैछन । रासस 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार