२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधि सभाबाट पारित

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ६ मा

बुधवार , श्रावण ३०, २०८१

 

काठमाडौँ, साउन । प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ( तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका  थिए। 

सभामुख देवराज घिमिरेले विधेयक सभाको बैठकबाट पारित भएको घोषणा गरे ।  

त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ६ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको जानकारी दिए । 

प्रश्नोत्तरका लागि समूह ७ मा रहेका सांसदले भदौ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवलाई आफ्नो प्रश्न लिखित रुपमा दिन उनले आग्रह गरे।

प्रतिनिधि सभाको आगामी बैठक भदौ ६ गते बिहीबार दिनको १ बजे बस्नेगरी बोलाइएको छ। 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार