काठमाडौँ, साउन । भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा प्रकरण र डेडिकेटेड र ट्रंक लाइनको विषयमा सदनमा स्पष्ट पार्न र जहाँ जे अवस्थामा छ त्यहीँबाट काम अघि बढाउन कांग्रेस महामन्त्री गगन थापाले सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले यो विषयहरूमा सरकार भाग्ने नभइ स्पष्ट जवाफ दिनेतर्फ लाग्नुपर्ने बताए ।
त्यसलाई कारबाही गर्नुपर्यो । तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्यो। उनले अहिले सरकार बन्दै गर्दा यी विषयमा के होला भन्ने चासो प्रकट भएको सन्दर्भमा यसलाई स्पष्ट गर्नुपर्ने उल्लेख गरे ।
उनले संविधान संशोधनका सवालमा पनि समानुपातिक समावेशीतालाई अझ मजबुत बनाउन खोजेको बताए । ' म सरकार बनाउने क्रममा धेरै लागेको माननीय होइन । तर जे भएको छ भएको छु उनले भने, 'हामी संविधान संशोधन गरेर पछाडि फर्कन सक्दैनौं ।'
'जम्बो संसद्को आकार घटाउ तर यो समावेशी बनाउने हो भनेर बहस गर्न नमिल्ने ? कांग्रेस र एमालेले समानुपातिक समावेशी बनाएर मन्त्रिपरिषद् सबैलाई समावेशी बनाएर बहुभाषिक बुहजातीय कुरालाई चलाएर राखेर जानसक्छौं ।'
उनले डेडिकेटेड र ट्रंक लाइनको विषयमा सरकारले यसअघिका कुनै पनि निर्णयहरू भन्दा अलग भएर जान नसक्ने बताए । उनले बक्यौताको एक रुपैयाँ पनि छोड्न नसक्ने बताए ।
'सरकारका नियकायहरुले पनि भन्नुपर्छ । यो विषयको सन्दर्भमा सरकार प्रष्ट भन्नुपर्छ । कसैले बिजुली प्रयोग गरेको छ भने त्यो सरकारले छोड्दैन ।'