२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक 

कानुन समितिबाट पारित :  ' कार्यदलले जुटाएको सहमतिसहित पारित'

बिहिवार , श्रावण २४, २०८१

 

काठमाडौँ, साउन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ ।

समितिको बिहीबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

समितिमा विधेयकका केही बुँदामा सहमति जुट्न नसकेपछि कार्यदल बनाइएको थियो ।  सो कार्यदलले जुटाएको सहमतिसहित विधेयक समितिबाट पारित भएको हो ।

समितिले बुधबारमात्रै सो प्रतिवेदन प्रमुख तीन दलका शीर्ष नेताहरुलाई बुझाएको थियो ।
रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार