२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौसम विज्ञान विभाग भन्छ

मनसुनी वायुको प्रभाव देशभर   : "  चार प्रदेशमा भारी वर्षाको सम्भावना"

 शनिबारसम्मको मौसम   : ' यस्तो रहनेछ'

बिहिवार , श्रावण २४, २०८१

 

काठमाडौँ, साउन ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको छ। 

कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज बिहीबार  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

भोलि शुक्रबार देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

कोशी प्रदेश, गण्डकी प्रदेश  र सुदूरपश्चिम प्रदेशका  एक- दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ। 

राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

शनिबार देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   गण्डकी प्रदेश, लुम्बिनी प्रदेश  र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ। 

राती कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  एक- दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ। 

भारी वर्षाको समेत सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्र्यान बहाव, बाढी, पहिरो तथा भू- क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउ अनुरोध मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार