२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठक

बिहीबार पनि बस्दै  : ' बुधबार  छलफलका लागि ११  विषय प्रस्तावित '

पहिलो दिन भए चार निर्णय, ती  के - के छन त ?

बिहिवार , श्रावण २४, २०८१

 

काठमाडौँ, साउन ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक  जारी छ । बुधबारदेखि सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बैठक बसेको हो । 

बैठकमा गत वर्ष फागुन ७—१० गतेसम्म ललितपुरमा सम्पन्न महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहितका प्रस्तावहरु क्रमशः उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका थिए । 

बैठकमा प्रस्तावित विषयहरू :

१ महासमिति बैठकबाट पारित प्रस्ताबका सम्बन्धमा, 
(२) राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, 
(३) १०० दिने सांगठनिक अभियान (भदौ १५ – मंसिर २५)  सम्बन्धमा, 
( ४) अनुशासनको कारवाहीका लागि भएका सिफारिस सम्बन्धमा, 
(५) पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपुर्ति सम्बन्धमा, 
(६) भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, 
(७) क्रियाशील सदस्यता वितरण(नयाँ र नविकरण) प्रक्रिया सम्बन्धमा,
 (८) जनसम्पर्क समिति सम्बन्धमा। 
(९) नियमावली संसोधन प्रस्ताव सम्बन्धमा, 
(१०) नेपाली कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका — ०८१’ सम्बन्धमा, 
(११) समसामयिक राजनीति र अन्य विविध विषय ।


पहिलो दिनको बैठकका निर्णयहरूः

(१) केन्द्रीय कार्यसम्पादन समितिको २०८१ असार १९ र २९ गतेको बैठकका निर्णयहरूलाई अनुमोदन गर्ने निर्णय ।

(२) बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा नेपाली कांग्रेसबाट बंगलादेशी नागरिकको भावना बमोजिम चाँडै नै त्यहाँ शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रकृया सुचारु ढंगले अघि बढ्ने विश्वास । यो घटनाबाट नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारले थप तदारुकता राख्ने विश्वास ।
(३) ‘काभा वुमन्स नेसन्स लिग’ भलिबलको फाइनलमा नेपाली टिमको विजयका लागि बैठकबाट शुभकामना व्यक्त ।

(४) काठमाडौँबाट रसुवाको स्याफ्रुवेशीका लागि उडेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको निधन भएको घटनाप्रति कार्यसमितिको यो बैठक दुःख व्यक्त गर्दै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण । 

साथै दिवंगत आत्माको शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति यो बैठकबाट समवेदना प्रकट । 

पहिलो दिनकाे बैठकमा केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति कार्यसमितिलाई जानकारी गराए । 

त्यसैगरी केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा।आरजू राणा देउवाले बंगलादेश, बेलायत, इजरायल, लेवनानमा पछिल्लो समय विकसित घटनाक्रमका साथै त्यहाँ रहेका नेपालीहरूसँग नियमित सम्पर्कमा रहिरहेको जानकारी गराइन् ।  

बैठकमा केन्द्रीय सदस्यहरु— विमलेन्द्र निधी, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, डा। मिनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, कल्याणकुमार गुरुङ, देवेन्द्रराज कँडेल, गोविन्दबहादुर शाह  र सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखे । 

केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्नेछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

 हाम्राकुराबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार