२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

शान्ति प्रक्रिया 

सभापति देउवाले भने :  " बाँकी काम टुंग्याउन सके विश्वकै लागि अनुकरणीय  "  

बुधवार , श्रावण २३, २०८१

 

काठमाडौँ, साउन । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नै नेपाल अनुकरणीय हुने बताएका छन् ।

बुधबार सिंहदरबारमा टिआरसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘साथीहरुले धेरै महेनत गरेर नेपाललाई एउटा युनिक किसिमको आफैँले नै नेपालको शान्ति प्रक्रिया टुंग्याउनका लागि यो मेहनत गर्नुभयो । सबै धन्यवादका पात्र हुन । 

नेपालले यसलाई राम्रोसँग कार्यान्वयन गरेको र टुंग्याएको खण्डमा संसरमा नै यो अनुकरणीय हुनेछ । र यसले नेपालको अझ पूर्ण रुपमा सम्पन्न भए नेपाललाई अनुकरणीय रुपमा लिनेछन्’ सभापति देउवाले भने ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमति सहितको प्रतिवेदन बुधबार शीर्ष नेतालाई बुझाइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार