२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

देशभर अबिरल बर्षा  :  विभिन्न नदीमा सतर्कता तह पार, सतर्क रहन आग्रह

मंगलवार , श्रावण २२, २०८१

 

काठमाडौँ, साउन  । सोमबारदेखि भएको अबिरल बर्षाले देशभरका विभिन्न नदीहरुमा पानीको बहाव बढेको छ । पानीको बहाव बढ्न थालेपछि मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन  अनुरोध गरेको छ ।

आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने तथा आकस्मिक बहावको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै, महाशाखाले उपत्यकाका विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै महाशाखाले आज मेलम्ची, बागमती, बिष्णुमती, धोबी खोला,हनुमन्ते खोला, कालिगण्डकीको सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानो खोला लगायतका अन्य ससाना नदीमा बहाव बढ्ने, केही नदीमा आकस्मिक बहावको उच्च जोखिम रहेको उल्लेख गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार