२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

" जनतामा आशा जगाउनमा  सरकार केन्द्रीत छ "  :  उपप्रधानमन्त्री पौडेल

आइतवार , श्रावण २०, २०८१

काठमाडौँ, साउन ।  सरकार अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रुपान्तरण गर्ने अभियान थालेको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । 

आइतबार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने कुरामा सरकारको विशेष ध्यान रहेको बताए ।

उनले सात दशक लामो संघर्ष गरेर व्यवस्था बदलेको तर जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै अब जनताका अधिकारलाई उपयोग गर्ने परिस्थिति बनाउनेतर्फ सरकार केन्द्रीत रहेको बताए । 

मुलुक आर्थिक रुपमा सक्षम नभएसम्म संविधानमा लेखेका अधिकारहरु जनताले उपभोग गर्न नपाउने भन्दै उनले अब सामाजिक र आर्थिक रुपान्तरमा लाग्नुपर्नेबारे सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘अहिले सरकारले जनतामा छाएको निरासा चिर्ने र आशा जगाउने दुई वटा कुरामा विशेष ध्यान दिएको छ । सरकारको यो नै महत्वपूर्ण कार्यभार र ठम्याई हो भन्ने छ । हामीले सात दशक लामो संघर्ष गरेर व्यवस्था बदल्यौं । संविधान बनायौं । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार