२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

 प्रमुख सचेतक घिमिरेले भने  : " अस्थिरता ल्याउने छुट सरकारलाई छैन " 

शनिवार , श्रावण १९, २०८१

 

काठमाडौँ, साउन ।  वर्तमान सरकारलाई राजनीतिक अस्थिरता ल्याउने छुट नभएको कांग्रेस नेता श्याम घिमिरेले बताएका छन् ।  नेपाल प्रेस युनियन महोत्तरीले राखेको पत्रकार सम्मेलनमा कांग्रेसका प्रमुख सचेतक रहेका घिमिरेले यस्तो बताएका हुन् ।

ठूला दल नमिल्दासम्म राजनीतिक स्थिरता भएन भनेर मिलेका दुई ठूला दलको सत्ता समीकरण अब बदलिने स्थिति नरहेको घिमिरेले बताए ।

अहिलेको सरकार बनेसँगै बलियो सरकार भनेर जनतामा आशासँगै विश्वस पैदा भएको उनले दाबी गरे । 

राजनीतिक स्थिरता, आर्थिक समृद्धि, पराराष्ट्र नीति र कूटनीति, संविधान संशोधन लगायतका महत्त्वपूर्ण कामका लागि यो सरकार बनेको घिमिरेले बताए ।

संविधान संशोधन जरुरी रहेकाले सरकारमा रहेका दलको सहमतिमा आयोग बनाएर संविधानका कुन(कुन बुँदामा संशोधन आवश्यक छ भन्ने गृहकार्य पछि संशोधन गरिने नेता घिमिरेले बताए ।

लोकतन्त्रको आधार संचारजगत भएकाले संचार ऎन र आर्थिक समृद्धिका लागि मौद्रिक नीति छिट्टै सरकारले ल्याउने उनले बताए । 

सरकार बनेको केही समयमै नेप्से परिसूचक ह्वात्तै बढेको भन्दै घिमिरेले अहिलेको सरकार दरिलो बनेको भन्दै सबै क्षेत्रमा भरोसा पलाएको उनले दाबी गरे ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार