२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानमन्त्री ओलीको निर्देशन

मन्त्री र राज्यमन्त्रीलाइ भने  : " परिणाम आउने काम गर्नुस् "

' मन्त्री र राज्यमन्त्रीहरु बीच आपसी समन्वय बढाई काम गराैँ '

शुक्रवार , श्रावण १८, २०८१

 

काठमाडौँ, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरु बीच आपसी समन्वय बढाई परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार नवनियुक्त तीन राज्यमन्त्रीको सपथ ग्रहणपछि बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन । 

राज्यमन्त्रीको मूख्य काम सम्बन्धित मन्त्रीहरुलाई सहयोग गर्ने भएकाले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न पनि प्रधानमन्त्री ओलीले सुझाव दिए । 

प्रधानमन्त्री ओलीले  भने, सम्बन्धित मन्त्रीहरुले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्ने विषयमा ध्यान दिन आग्रह गरे । 

अहिलेको विषम स्थितिलाई अनुकूल बनाउँदै लैजानका लागि आफूहरु प्रयत्नरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीलाई गलत मान्छेहरुको संगत र उनीहरुको प्रलोभनमा नपर्न पनि सचेत गराए ।

उनले राज्यमन्त्रीहरुले मन्त्रालयसँग सम्बन्धित सबै विषयमा विस्तृत अध्ययन गरेर सूचनाको भण्डारको रुपमा रही बढी जानकारी लिएर मन्त्रीहरुलाई सहयोग गर्न पनि आग्रह गरे ।

यसैगरी,  प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारण खतरा रहेको भनी आइरहेको विषयप्रति चासो जनाउँदै खतरा भनिएको भण्डारणलाई अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई ध्यान पुर्‍याउन निर्देशन दिए । 
रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार