२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सहकारी ठगी प्रकरण

संसदीय छानविन समिति निर्देशन : ' जीबी राईसहित १८ जनालाई झिकाउ '

सोमवार , श्रावण १४, २०८१

 

काठमाडौँ, साउन । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारी ठगीको आरोप लागेका स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका जीबी राईसहित १८ जनलाई झिकाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले सोमबार गृहमन्त्री रमेश लेखकसहितका प्रहरी अधिकारीहरूसँग छलफल गर्दै बैठकमा सहकारी क्षेत्रको वचत दुरुपयोग,अपचलन र ठगीमा संलग्न भई फरार १८ जना व्यक्तिहरूलाई विदेश वा फरार स्थितिमा रहेकोमा संसदीय विशेष छानविन समितिको सम्पर्कमा ल्याउन र सोधपुछ गरिने सूचिका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको प्रबन्ध मिलाउन भनेको सभापति सूर्य थापाले जानकारी दिए ।

बैठकमा गृहमन्त्री लेखकले समितिले विधिवत् रूपमा गरेको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले समितिलाई कार्यसम्पादनमा सरकारले सम्पूर्ण रूपमा सघाउने, बचतकर्ताहरको बचत दुरूपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितहरूले न्याय पाउने अवस्थामा केन्द्रित भई दिने सुझावलाई सरकारले कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

विदेशबाट ल्याउनुपर्ने व्यक्तिहरूको नामावली :

१. जीबी राई - सूर्य दर्शन सहकारी, पोखरा

२. भरत महर्जन -  सुमेरू सहकारी, ललितपुर

३. राजमाया महर्जन -  काठमाडौं

४. सचिन महर्जन -  काठमाडौं

५. सरला महर्जन - ललितपुर

६.  ज्ञानबहादुर बम्जन-  सूर्यदर्शन सहकारी, पोखरा

७.  भुपेन्द्र राई - सूर्यदर्शन सहकारी, पोखरा

८.  तेजबहादुर बम्जन -  शिव शिखर सहकारी

९ . देवकुमार नेपाली, -  इमेज वचत, पोखरा

१०. छेदा नेपाली -  इमेज वचत सहकारी, बागलुङ

११. तस्बिरन खातुन - सानोपाइला सहकारी,बीरगंज

१२. असरफ अलि -  सानो पाइला सहकारी, बीरगंज

१३. सुवास केसी - सहारा सहकारी, चितवन

१४. दीपक पौडेल - इमेज सहकारी, बागलुङ

१५. लीलानाथ गौतम - शिव शिखर सहकारी, भक्तपुर

१६. महाशंकर रेग्मी- मेघा ड्रिम सहकारी, काठमाडौं

१७. थानबहादुर बुढामगर - सूर्यदर्शन सहकारी, पोखरा

१८. प्रेमध्वज लामा  -  कान्तिपुर कोअपरेटिभ, काठमाडौं । 

   कान्तीपुरबाट 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार