२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सौर्य एयरको विमान दुर्घटना

 १७ जनाको शव आफन्तले बुझे  :  " एक विदेशीको शव अस्पतालमै "

शनिवार , श्रावण १२, २०८१

 

काठमाडौँ, साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । 

नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिवार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन् ।

उनले भने, एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै राखिएको छ । 

बुधबार काठमाडौंबाट सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेकोमा धावनमार्ग नकट्दै दुर्घटनामा परेको थियो 

जसमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो । प्रहरीका अनुसार सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव भने अस्पतालमै रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार