२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक

गृहमन्त्री लेखकले भने : ' विपद्‌पीडितका लागि सबै जिल्लामा राहत प्रबन्ध ' 

मंगलवार , श्रावण ८, २०८१


काठमाडौँ, साउन । प्रतिनिधिसभाको आज बसेको बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुनलगायत प्राकृतिक  बिजत्तीमा परेका पीडितलाई राहतका लागि सबै जिल्लामा आवश्यक व्यवस्था मिलाइएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले भने, विपद्मा परी मृत्यु भएका र बेपत्ता भएकाका परिवारलाई राहत दिने काम निरन्तर रुपमा भईरहेको छ ।  

संसदमा उनले भने, विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिइ ९८९ जनालाई सकुशल उद्धार गरिएको 
 छ ।  

उनले थपे,  विपद्मा परेर १३० को मृत्यु भएको र घाइते भएका १४४ मध्ये ५ जना बाहेक सबै उपचार गरी घर फर्किएको जानकारी दिएका छन ।

‘यस वर्षको मनसुन सुरु भएको २०८१ जेठ २८ गतेदेखि हालसम्म देशभर विभिन्न प्राकृतिक प्रकोपका १ हजार ५९२ घटना भएका छन् । जसमध्ये हालसम्म १३० जनाको मृत्यु भएको छ भने १४४ जना घाइते भएका छन ।

४८ जना बेपत्ता भएका छन् । त्यसैगरी ५९४ पशु चौपायको नोक्शानी भएको छ । २३१ घर र ८४ गोठमा क्षति पुगेको छ । हालसम्म ४३ वटा सानाठूला पुल बगेका छन, भत्केका छन् । २ वटा सरकारी भवन भत्किएका छन्,ु लेखकले भने, ु४ हजार ४ परिवार विस्थापित हुने अवस्था सृजना भएको संसदमा जानकारी दिईयो ।  

जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित आश्रय स्थलमा सारिएको छ भने बाँकी आफ्नै घरमा फर्किएका छन । मनसुनजन्य विपद्का कारणले देशका सबै ७७ वटै जिल्ला प्रभावित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार